इन्टरनेटबाटै तेक्वान्दो प्रतिस्पर्धा : जगत र रोश्मालाई स्वर्ण



काठमाडौं : जगत सिंह धानुक र रोश्मा राईले प्रथम शंखडोल खुल्ला अनलाईन काता कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । शंखडोल डोजो गोकर्णेश्वरले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ धनगढी कराते डोजोका जगत र महिलातर्फ खोटाङ डोजोकी रोश्माले स्वर्ण जितेकी हुन् ।

स्वर्ण जित्ने क्रममा जगतले २४.५ अंक प्राप्त गरे । बालाजु डो एकेडेमीका धिरेस श्रेष्ठले २३ अंकसहित रजत जित्दा नरहरी डोजोका स्वर्णिम मानन्धरले २२.५ अंकसहित कास्य जिते ।

महिलातर्फ रोश्माले २४.५ अंक प्राप्त गर्दै स्वर्ण जितिन् । धनगढी कराते एकेडेमीकी वर्षा राउतले २३ अंक जोड्दै रजत र एपीएफकी सरिता श्रेष्ठले २२.५ अंकसहित कास्य जितिन् ।

प्रतियोगितामा स्वर्ण जित्नेले १२ हजार ५ सय, रजत जित्नेले ६ हजार ५ सय र कास्य जित्नेले ४ हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्