सीमापारि ओसारिँदै गरेको मदिरा ‘सोंफी’ बरामद



ढल्केवर : भारत निकासी गर्न लागेको ठूलो परिमाणमा अवैध मदिरा महोत्तरी प्रहरीले बरामद गरेको छ 

 

जलेश्वर नगरपालिका वडा नं. ५ पर्सापतैलीस्थित ग्रामीण सडक प्रयोग गरी तस्करले भारत निर्यात गर्न लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएका प्रहरीले एक हजार एक सय ३१ बोतल सोफी नामक मदिरा बरामद गरेका हुन् ।

 

सवारीसाधन जाँच गर्ने क्रममा एल३सीपी ५९३० नम्बर भारतीय गाडीभित्र ६ वटा बोरामा सो संख्यामा मदिराका बोतल बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए ।

 

बरामद भएको मदिरा र गाडी आवश्यक अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय जनकपुर पठाइएको प्रनाउ खड्काले जनाए ।

 

भारतको बिहार राज्यमा मदिरा बेचबिखन र सेवनमा रोक लगाएपछि महोत्तरीलगायत तराईका जिल्लाबाट अवैध मदिरा तस्करी गर्नेको संख्या बढेको छ ।

प्रतिक्रिया दिनुहोस्