सैफले अमृतासँगको ‘डिभोर्स’ को बारेमा भने, ‘म उनीहरुको यादमा रुन्थे’



एजेन्सी : बलिउड अभिनेता सैफ अली खानको जिन्दगी कुनै फिल्मभन्दा कम छैन । उनको प्रेम जीवन निकै कष्टकर रह्यो । पहिलो प्रेमिका अमृता सिंह र अर्की प्रेमिका करीना कपूर दुवैसँगको प्रेममा सैफलाई काँडारुपी बाटोको यात्रा जस्तै भएको थियो ।

फिल्मका जादु गरेका सैफकी छोरी साराले पनि यतिबेला फिल्म क्षेत्रमा आफ्नो जादु चलाउन सुरु गरिसकेकी छिन् । छोरी सारा फिल्म क्षेत्रमा आएपछि झनै सैफ र उनकी पूर्वपत्नी अमृताको विषयमा चर्चा कम हुने संकेत नै देखिदैन ।

यसैबीच, सारा र सैफलाई एकसाथ फिल्ममा हेर्नका लागि उनीहरुका प्रशंसकहरु आतुर छन् । यसै सिलसिलामा सैफ र साराले अमृतासँगको सम्बन्धविच्छेदको बारेमा पनि कुराकानी गर्ने गरेका छन् ।

सैफले भने, ‘सम्बन्धविच्छेदपछि मेरो र अमृताको जिन्दगी अगाडि त बढ्यो । मैले सधैँ मेरी श्रीमतीलाई सम्मान दिएँ । तर, सधैं मलाई खराब श्रीमान र पिताको रुपमा हेरियो । मलाई आफ्ना सन्तानसँग भेट्ने अनुमति थिएन । मेरो पर्समा इब्राहिमको तस्बिर थियो । म उनीहरुलाई हेरेर रुन्थेँ । उनीहरुलाई पनि मँसँग भेट्ने र बोल्ने अनुमति थिएन ।’

प्रतिक्रिया दिनुहोस्