क्वारेन्टाइनका महिलालाई मर्यादा किट


रुकुमपूर्व : जिल्लाको क्वारेन्टाइनमा बसेका किशोरी र महिलालाई मर्यादा किट वितरण गरिएको छ । महिला र किशोरीलाई कोरोना भाइरसबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामग्री डिग्निटी किट वितरण गरिएको हो । जिल्लाका तीनमध्ये दुई स्थानीय तह भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १० किशोरी र ६० महिलालाई मर्यादा किट वितरण गरिएको छ । जिल्लाको एउटा स्थानीय तह सिस्ने गाउँपालिकाको क्वारेन्टाइनमा किशोरी र महिला छैनन् ।

झोलामा महिलालाई दैनिक आवश्यक पर्ने धोती, टिसर्ट, पेटीकोट, भित्री कपडा, सेनेटरी प्याड, शारीरिक सरसफाइका सामान, तौलिया र लाइटलगायत सामग्री दिइएको छ । दुई गाउँपालिकाका कवारेन्टाइनमा बसेका ७० किशोरी र महिलालाई मर्यादा सामग्री वितरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) रुकुम (पूर्व)का जिल्ला कार्यक्रम अधिकृत भुवन सेजुवालले बताए । झोलामा किशोरीका लागि १० र महिलाका लागि १५ प्रकारका स्वास्थ्य सामग्री छन् । युएनएफपिएले उपलब्ध गराएका मर्यादा सामग्री गाउँपालिकामार्फत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार राति धादिङ केन्द्र विन्दु भई ४.८

काठमाडौं– क्षेत्रपाटीस्थित ढल्कु क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली युवतीलाई जिस्काएको र

वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौं : थप १८९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।