जनकपुरमा एकै सातामा एक कराेडमाथिकाे खसीबाेका व्यापार



जनकपुरधाम : हरेक वर्षको बडादसैं झैं यसपटक पनि जनकपुरमा खसीबोका बजारमा मानिसहरुको अत्यधिक भीड लागेको छ । जनकपुरधामको जिरोमाइल चोकमा प्रत्येक वर्ष झैं यस पटक पनि त्रिपाल लगाएर खसीबोका बिक्री सुरु गरिएको छ । 

यहाँ एक साताको अवधिमा एक करोडमाथिको खसीबोका कारोबार भएको व्यापारीहरु बताउने गर्छन् । एक दिनमा मात्र सातदेखि दस लाखसम्मको खसीबोका बिक्री हुँदै आएको छ ।

 

जिरोमाइल निवासी व्यवसायी सन्तोष शर्माले भने, ‘पहिला पहिला खसीबोका किन्न कि सीमामढी जानुपर्थ्याे, कि त महेन्द्रनगरको सखुवा ।’ तर अहिले जनकपुरमै खसीबोका बजार लाग्ने गरेपछि त्यो समस्याबाट मुक्त भइएकाे छ । 

 

खसीबोका किन्ने र बेच्नेहरुको घुइँचो बिहानैदेखि लाग्ने गरेको छ । छिमेकी जिल्ला महोत्तरीको जलेश्वर, पिपरा, पिगौना तथा धनुषाकै विभिन्न भेगबाट मानिसहरु यहाँ खसीबाेका खरिदबिक्रीका लागि मानिसहरु आउने गर्छन् ।

 

जनकपुरको राजदेवी मन्दिर दसैंमा अत्यधिक बलि चढाइनेमा पर्छ । दसैंमा हुने बलिको विभिन्न समूहले विरोध गर्दै आए पनि यहाँ पशुबलि रोकिएको छैन । 

प्रतिक्रिया दिनुहोस्