अमेरिकाका लागि चीन दीर्घकालीक खतरा



वासिंगटन: अमेरिकाका एक सिनेटरले चीन अमेरिकाका लागि दीर्घकालीक रुपमा खतरा भएको टिप्पणी गरेका छन् । सिनेटको एक प्यालनलाई उनले चीन आफ्नो अभूतपूर्व सैन्य निर्माण र अर्को देशलाई नोक्सान गर्ने अर्थव्यवस्थाका कारण अमेरिकाका लागि सबैभन्दा खतरा भएको टिप्पणी गरेका हुन् । उनले चीनबाट पैदा भइरहेको चुनौतीको सामना गर्नका लागि विशेष संयन्त्र बनाउन समेत उनको माग छ । अमेरिकाको हिन्द–प्रशान्त कमाण्डका प्रमुख एडमिरल फिलिप्स डेभिडसनले सिनेटको सशस्त्र सेवा समितिसमक्ष काँग्रेसको सुनुवाईका क्रममा उनले चीनले हिन्द प्रशान्त र अमेरिकाका लागि सबैभन्दा दीर्घकालीक खतरा पैदा गर्न सक्ने बताए ।

उनले भने, ‘बेइजिङ नियम आधारिक अहिलेको अन्तर्राष्ट्रिय व्यवस्था परिवर्तन गर्न, तोड्न या झुकाउनका लागि डर र आर्थिक दबाबको प्रयोग गरेर आफ्नो साम्यवादी समाजवादी विचारधाराको विस्तार गर्नका लागि काम गरिरहेको छ ।’ सिनेटरले पनि डेभिडसनको कुरामा स्वर मिलाउँदै अमेरिकी सरकारलाई यस सम्बन्धमा आफ्नो आफ्नो बलियो नीति अपनाउन अपील गरेका छन् ।

सिनेटको सशस्त्र सेवा समितिका सदस्य सिनेटर ज्याक रीडले भने, ‘चीनले सबैभन्दा प्रमुख, दीर्घकालीन खतरा पैदा गरेको छ । जसको केही वर्षदेखि अमेरिकाले सामना गरिरहेको छ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभले केही देश, खासगरी श्रीलंका र मलेसियालाई ऋणी बनाईदिएको छ ।’उनले बेइजिङले ठूलो ऋणबाट आफ्नै लागि लाभ कमाउने भ्रष्ट सरकारलाई निशाना बनाउने गरेको उल्लेख गरे । वैश्विक स्तरमा चीनको आक्रामकताको मुकाबिला गर्नका लागि आफ्ना सहयोगीमाथि आगामी दशकमा भरोसा गर्नुपर्ने उल्लेख गरे ।

डेभिडसनले सिनेटरलाई अमेरिकाले चीनसँग आचार संहिताबारे चर्चा गर्नका लागि आसियान देशलाई सहयोग गरिरहेको बताएका छन् । सिनेटर टीम केनले चीनले मित्रवत सम्बन्ध राख्ने वा सम्पत्ति र संसाधन उपलब्ध गराउने प्रस्ताव राखे पनि आफ्ना शर्तका माध्यमबाट अत्याधिक ऋणको भारमा किच्ने गलत मनसाय भएको आरोप समेत लगाए ।

सिनेटर ड्यान सुलिभनले सन् २०१५ मा चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामासँग रोज गार्डेनमा दक्षिण चीन सागरमा सैन्यकरण गर्ने चीनको मनसाय नभएको बताएको दाबी पनि गरेका छन् । यद्यपि केही महिनाअघि मात्रै एक चिनियाँ सरकारी सञ्चारमाध्यममा चीनको सैन्य क्षमता बढाउनुका साथै दक्षिण चीन सागरमा आफ्नो नियन्त्रण पनि बढेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्