विष सेवनबाट एकको मृत्यु, अचेत रहेका दुई जनालाई सुर्खेत लगियो


डोल्पाः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा रहेका छन् ।

मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलालअचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।

शुक्रबार राति करिब ८ बजेतिर खाना खाइसकेपछि लगातार उल्टी गर्न शुरु गरेपछि तीनैजनालाई त्रिपुराकोट बगरमा रहेको स्थानीय मेडिकलमा र्पुयाइएको थियो । मेडिकलमा उपचार गर्न नसकिने बताएपछि तीनैजनालाई रातारात जिल्ला अस्पतालमा र्पुयाइएको र उपचारका क्रममा सुकलालको मृत्यु भएको जिल्ला प्रहरी डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

अचेत अवस्थामा रहेका दुवैजनालाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले शनिबार दिउँसो करिब १२ बजेतिर माउन्टेन एयरको हेलिकप्टरमा उद्धार गरी सुर्खेत लगिएको उनले बताए । घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ खटाइसकिएको बताइएको छ ।

उनीहरुले खाँदै गरेको खाना अनुसन्धानका लागि स्याम्पलका रुपमा लिइसकिएको प्रहरीले जनाएको छ । अस्पताल ल्याइर्पुयाउन्जेल सुकलालको मृत्यु भइसकेको डा.मेलिना हमालले जानकारी दिइन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार राति धादिङ केन्द्र विन्दु भई ४.८

काठमाडौं– क्षेत्रपाटीस्थित ढल्कु क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली युवतीलाई जिस्काएको र

वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौं : थप १८९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।