आज धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने



काठमाडौं: अबको केही दिन देशभर मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले पूर्वबाहेक अन्य भागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो बदली हुनेछ । आज देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने उनको अनुमान छ । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको संभावना रहेको उनले बताइन् ।

अबको तीन दिन मौसम एकैछिन खुलेपनि फेरि बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्