कलाकारको नजरमा यस्तो रह्यो सरकारको एक वर्ष



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको यो सरकार स्थापना भएको एक वर्ष पूरा हुँदै छ । गत वर्ष जनताबाट चुनिएर अहिलेको दुईतिहाइको सरकार गठन भएको हो । यो दुईतिहाइको सरकारबाट जनताले धेरै नै आशा गरेका छन् । पाँच वर्षका लागि गठन भएको यो सरकारले एक वर्षमा केकस्ता काम गर्यो त भन्ने समीक्षासँगै अहिले सोही प्रकारको टिकाटिप्पणी पनि सुरु भएको छ । यस्तै, अहिलेको सरकारको एक वर्षको कामबाट नेपाली चलचित्र क्षेत्र कत्तिको सन्तुष्ट छ त ? यसै विषयमा हामीले विभिन्न कलाकारसँग कुरा गरेका छौं । अहिलेको सरकारको एक वर्षीय कार्यकालबारे विभिन्न कलाकारसँग गरेको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ : 

 हरिवंश आचार्य

वरिष्ठ हास्यव्यंग्य अभिनेता :

सरकार गठन भएको एक वर्षलाई मूल्यांकन गर्दा अहिलेको सरकारलाई थुप्रै आरोप लागेको छ । त्यसैले सुरुमा त यो सरकारलाई हामीले मिलेर सपार्नुपर्छ । किनकि यसको विकल्प खोज्दा अझ अराजक स्थिति आउन सक्छ । जनतामा नैरास्यता छाउँछ । दुईतिहाइको सरकार असफल हुँदा विदेशीको नेपालप्रति हेर्ने दृष्टिकोण बदलिनुका साथै उनीहरूले यहाँ लगानी गर्ने वातावरण बन्दैन । त्यसैले, सरकारलाई अब सपार्नुपर्छ । बढ्दो भ्रष्टाचारले गर्दा दण्डहीनता बढ्नुका साथै जनतामा नैराश्य छाएको छ । त्यसैले, भ्रष्टाचारको अन्त्य गर्नुपर्यो । युगौंदेखि नेपालको राजनीति क्यान्सरजस्तो छ । सरकारमा बस्नेहरूले सुरुमा आफ्नो गोजी टक्टक्याएर सबैलाई देखाई इमानदार भएर काम गर्नुपर्यो र ब्युरोक्रेसी क्षेत्रमा पनि इमानदारिता बढाउनुपर्यो । मुलुकमा सुशासन ल्याएर भ्रष्टाचार रोकेर जसरी पनि जनतालाई सरकारले निराश हुन दिनुभएन । त्यसका लागि सरकारले गफभन्दा काम नै गरेर देखाउनुपर्छ ।

 

नीर शाह

निर्देशक/अभिनेता :

यो सरकारको एक वर्ष कार्यकालको मूल्यांकन गर्दा कुरा बढी भयो काम कम भयो । देशलाई जसले राम्रो गर्दा पनि हुन्छ । काम गर्ने ठाउँ धेरै हुँदाहुँदै पनि धेरै गर्न बाँकी छ । दुईतिहाइको सरकारको अपेक्षा जनतामा धेरै भयो । त्यो अपेक्षा पूरा नहुँदा जनताको मनोवल कमजोर भएको छ । सरकारले जनताको मनोबल कमजोर बनाउने काम गर्नुहुन्न । यसका लागि सरकारले काम नै गरेर देखाउनुपर्छ । मैले चलचित्रकर्मीका तर्फबाट मूल्यांकन गर्नुपर्दा चलचित्र विकास बोर्ड स्थिर भएन । बोर्ड अध्यक्षलाई बर्खास्त गर्ने, बोर्ड अध्यक्ष फेरि अदालतबाट आफ्नो पदमा आउने र अहिले राजीनामा दिनेजस्ता कार्यले हाम्रा क्षेत्रमा अस्थिरता आएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पदाधिकारी र सभाविरुद्ध मुद्दा परेको सुनेको छु । त्यो क्षेत्र पनि स्थित छैन । त्यसैले, हाम्रो क्षेत्र पनि अहिले बलियो हुन सकेको छैन । म नेपाली टेलिभिजनको संस्थापक भएकाले यो सरकारले नेपाल टेलिभिजनलाई एचडीमा लैजानु मेरा लागि सुखद कुरा हो । यो कुराले केही राहत महसुस मैले गरेको छु ।

बसुन्धरा भुषाल

अभिनेत्री

यो सरकारले एक वर्षमा के गर्यो भन्नेमा म कन्फ्युज छु । दिनदिनै पत्रपत्रिकामा भ्रष्टाचारको समाचार आएको आएकै छन् । त्यत्रो वाइडबडी विमान खरिद कान्ड भ्रष्टाचारको समाचार आउँदा त्यसको छानबिन अझै राम्ररी भएन । निर्मला पन्तको बलात्कार काण्डका दोषीलाई अझै सरकारले पत्ता लगाएर निर्मलालाई न्याय दिन सकेको छैन । महिला हिंसा र बलात्कार झन् बढेको छ । पोहोर दसैंमा नै काठमाडौंमा मेलम्चीको खानेपानी आउने भनेको अहिले त त्यो पनि पूरा भएन र ठेकदारले नै अपुरै काम छोड्यो भन्ने समाचार आएको छ । नारायणघाट मुग्लिनबाहेक मुलुकभरका सडकमार्ग भत्केर एम्बुस थापेका जस्ता छन् । यो सरकारबाट धेरै आशा गरेका जनता थुप्रै कारणले निराश भएका छन् । कैयौं समस्यालाई हलगर्नुपर्ने बेलामा, घरमा पानी लैजान नसकेको बेलामा यो सरकार पानी जहाजको सपना बाँडेर गफ चुट्न व्यस्त छ । त्यसैले, अब गफ हैन काम गर्नुपर्ने बेला आएको छ । म अहिलेको सरकारप्रति निराश छु । चाँडै यो सरकारले हाम्रो निराशा हटाउने छ भन्ने मेरो आशा छ ।

 

अशोक शर्मा

निर्माता,निर्देशक 

अहिलेको सरकारको एक वर्षको कार्यकालको मूल्यांकन गर्दा उपलब्धि केही देखिँदैन । जनतालाई महसुस हुनेगरी यो सरकारले एक वर्षमा त्यस्तो काम गरेको देखिएको छैन । नीतिगत रूपमा केही गरिरहेको भए त्यो हामीलाई थाहा हुने कुरो भएन । दुईतिहाइको सरकार अहिले छ । सरकारले काम गरेर देखाउने बेला यही हो र काम गरेर देखाउने ठाउँहरू पनि प्रशस्त छन् । तर, सरकारले अहिले काम होइन कुरा धेरै गरेको छ । किनकि कुराले मात्र मुलुक चल्दैन । जनताले काममा विश्वास गर्छन् । हाम्रो चलचित्र क्षेत्रलाई मूल्यांकन गर्दा अहिलेको सरकारले यो एक वर्षमा चलचित्र विकास बोर्डलाई सखापै पर्यो । बक्स अफिस लागू भए पनि त्यो हावा साबित भएकाले चलचित्रकर्मी अहिले यो सरकारको कामप्रतिउत्साहित छैनन् ।

आकाश अधिकारी

अध्यक्ष, नेपाल चलचित्र निर्माता संघ

यो सरकार पाँच वर्षको लागि गठन भएको हो । एक वर्षको कार्यकालको मूल्यांकन गर्दा धेरै परियोजना घोषणा भए । घोषणाअनुसारको काम समयमै हुन सकेको छैन । केही परियोजनाको काम भइरहेको छन् । त्यसैले, एकैपटक धेरै परियोजना घोषणा गर्नुभन्दा सीमित घोषणा गरेर त्यसलाई पूर्णता दिँदै जानुपर्यो । अर्कोतर्फ, अझै यो सरकारको चार वर्षको कार्यकाल बाँकी छ । तत्कालै परिवर्तन गर्न सरकारसँग जादुको छडी छैन । तर, पाँच वर्षमा यो सकारले फड्को मार्छ भन्नेमा म पूर्ण आशावादी छु । आजकै स्वरोजगार घोषणा कार्यक्रम प्रसंसनीय छ र यो मुलुकमा लागू हुन्छ । सरकारले नयाँनयाँ सोच ल्याएको छ । रेलको प्रसंगमा भारतबाट जनकपुर हुँदै महोत्तरीसम्म रेल आएको छ । अबको १० वर्षभित्र चीनबाट नेपालमा रेल आउनेमा म विश्वस्त छु । राजधानीबाट

प्रतिक्रिया दिनुहोस्