देशवासीका नाममा आज ओलीको सम्बोधन



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका लागि सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

ओलीको नेतृत्वमा गत वर्ष आजकै दिन अर्थात् फागुन ३ गते नयाँ सरकार बनेको थियो। सम्बोधनमा ओलीले सरकारको एक वर्षको कार्यकालको समिक्षा गर्नुका साथै भावी कार्ययोजनाका बारेमा समेत प्रष्ट पार्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्