इरानमा आत्मघाती हमला, २७ जनाको मृत्यु



काठमाडौं: इरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको मृत्यु भएको छ । इरानी सरकारी संचारमाध्यमका अनुसार आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेका थिए । आक्रमणमा अन्य २० गार्ड घाइते भएका छन् ।

सुन्नी–मुस्लिम चरमपंथीले समुह जैश अल–अदहलले हमलाको जिम्मेदारी लिएको छ । सुन्नीहरुको अधिकारको पक्षमा लड्ने भन्दै यो समुहले सन् २०१२ देखि सशस्त्र संघर्ष गर्दै आएको छ ।

जैश अल–अद्ल समुहले शियातन्त्रले सुन्निहरुको साथ भेदभाव गर्दै आएको आरोप लगाएको छ । इरानको सरकारले भने यो घटनालाई पोल्यान्डको वार्सामा अमेरिकाको नेतृत्वमा मध्यपूर्वमा चलिरहेको सम्मेलनसँग जोडेको छ ।

यो सम्मेलनमा इरानको गतिविधिमा पनि छलफल हुने बताइएको छ । विदेशमन्त्री मोहम्द जवाद जरिफले एक ट्वीट गर्दै ‘वार्सामा सर्कस सुरु हुने दिन नै इरानमा आतंकवादी हमला हुनु संयोग मात्र नभएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्