पत्रकार डा. राजेश अहिराजले विभूषण फिर्ता गर्ने ?



काठमाडाैं : काठमाडौंमा बसेर लामो समयदेखि मधेसी मुद्दा र मधेसबारे कलम चलाउँदै आएका पत्रकार डा.राजेश अहिराजले आफूले पाएको विद्याभूषण ‘क’ फिर्ता गर्ने जनाएका छन् ।

मधेसवादमा त्रिविबाट विद्यावारिधिका गरेका उनलार्इ संविधान दिवसका दिन सरकारको सिफासिमा राष्ट्रपतिबाट नेपाल विद्याभूषण ‘क’ प्रदान गरिएको थियो ।

 

मधेस र मधेसी जनताको हितमा हुने काम यो सरकारले गर्न नसेकेको भन्दै उनले यस्तो निर्णय गर्न बाध्य भएको बताएका छन् । उनले आइतबार बिहान करिब ९ बजेतरि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

 

फेसबुकमा उनले लेखेका छन् – 'नेपाल विद्याभूषण क’ राष्ट्रपतिमार्फत राज्यलाई फिर्ता गर्छु, आम मधेसीको सफाया गर्न मधेस सैनिकीकरण गरिएको छ । अधिकारको नाममा जनता मार्ने नेता र मौन बस्ने बौद्धिक जमातलाई साक्षी राखी आफ्नो तक्मा फिर्ता गर्ने समयको पर्खाइ छ ।’

यस्तै फेसबुकमार्फत उनले गुलामी र मलामीका लागि तयारी गरिएका मधेसी नेताले भिखलाई अवसर ठानेर बसेका छन् भनी उल्लेख गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्