आलुबखडा खानुका १० उत्कृष्ट फाइदा



एजेन्सी : आलुबखडा गुणको खजाना हो । गर्मीमा यसलाई खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले आन्तरिक मात्र नभई छाला पनि स्वस्थ हुन्छ । यसको स्वाद थोरै गुलियो र थोरै अमिलो हुन्छ । यो मिनरल्स, भिटामिन र फाइबरले भरपुर हुन्छ । आउनुहोस्, आलुबखडा खानुका कस्ता फाइदा छन् त्यसबारे जानकारी लिऔंः

– आलुबखडा खाँदा तौल नियन्त्रणमा रहन्छ । सय ग्राम आलुबखडामा लगभग ४६ क्यालोरी हुन्छ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।

– आँखाका लागि पनि निकै फाइदाजनक छ आलुबखडाको सेवन । यसमा भएको भिटामिनले आँखा र छालालाई निकै फाइदा पुर्याउँछ ।

– यसको सेवनले रोग प्रतिरोधी क्षमतामा पनि बृद्धि हुन्छ ।

– उच्च रक्तचाप र मुटु रोगको सम्भावना पनि कम हुन्छ । यसका साथै यसले अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

– बोक्रासहित आलुबखडाको सेवनले क्यान्सर र ट्युमरको सेल्स बढ्न रोक्छ ।

– आलुबखडा खाँदा हड्डी बलियो हुन्छ । महिलामा अस्टियोपोरोसिस रोक्न आलुबखडा निकै सहायक हुन्छ ।

– यसले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्छ ।

– यसमा भएको आइरनले रक्त कोसिकाको निर्माणमा मद्दत गर्छ ।

– साथै यसले गर्मीमा छालालाई पनि स्वस्थ राख्न सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्