किड्नी सफा गर्ने घरेलु उपाय



एजेन्सी : हामीले दैनिक रुपमा उपभोग गर्ने खाद्य पदार्थलाई मात्रा मिलाएर खान जान्ने र कुन रोगका लागि कुन खानेकुराले कस्तो भूमिका खेल्छ भन्ने बुझेर सावधानी अपनाउने हो भने हामी हाम्रा रोगहरुको घरमै उपचार गर्न सक्छौं ।  विविध रोग मध्ये आज चर्चा गरौं किड्नी सम्बन्धि रोग र घरेलु रुपमा हामीले खानु पर्ने केही खानेकुराको बारेमा । उच्च रक्तचाप र डायबिटिजको रोग हुनेलाई किड्नीसम्बन्धी समस्याले सातउँछ ।  कारण किड्नीले आफ्नो नियमित काम गर्न सक्दैन । बाहृय अंगलाई सफाई गरे जस्तै शरिरका बिभिन्न भित्री अंगलाई पनि सरसफाइको आवश्यकता हुन्छ ।

हरियो पातयुक्त तरकारी 

किड्नीको सफाईका लागि हामीले हाम्रो भोजनमा हरियो पातयुक्त तरकारीलाई समावेश गर्न सक्छौं । हरियो सागसब्जी सम्पूर्ण स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । हरियो सब्जीमा भिटामिन सी, र भिटामिन के हुन्छ । यसमा प्रचुर मात्रामा फाईबर हुन्छ । हरियो फातयुक्त सब्जीले रत्तचाप नियन्त्रण गर्नुका साथै ब्लड सुगरको मात्रा घटाउने र किड्नीलाई सम्भावित स्ट्रेसबाट पनि जोगाउछ ।

बेसार

बेसारमा कुरकुमिन नामक तत्व हुन्छ, जसले शरिरमा हुने जलन तथा उत्तेजना रोक्छ । बेसार किड्नी रोगबिरुद्ध लड्नका लागि पनि सहयोग हुन्छ । रोटी, पुवा, दुध इत्यादिमा बेसार मिलाएर खान सकिन्छ ।

स्याउ

स्याउ हरेक मानिसका लागि गुणकारी फल हो ।  स्याउमा फाईबरको मात्रा अधिक हुन्छ । जसले शरिरमा अनावश्यक विष शरिरबाट हटाइदिन्छ । किड्नीमा भएका अनावश्यक विकार समेत फालिदिन्छ । स्याउले पाचन प्रणालीलाई पनि सहयोग गर्छ ।

लसुन

नियमित लसुनको सेबनले किड्नीलाई सफा गरिदिन्छ । लसुनलाई बिहान खाली पेट वा पकाएको परिकारमा मिसाएर खान सकिन्छ ।

जैतुनको तेल

जैतुनको तेलले हाम्रो शरिरमा फाईदै फाईदा गर्छ । तर, यसले किड्नीमा विशेष फाईदा गर्छ । जैतुनको तेलले कोलेस्ट्रेल घटाउनुका साथै किड्नीमा हुने स्टोनबाट उत्पन्न पीडाबाट आराम दिन्छ ।

कागती पानी

कागती पानीले किड्नीलाई सफा मात्र गर्दैन, किड्नीमा स्टोन हुनबाट जोगाउछ । कागतीको जुसले शरिरमा सिट्रेसको तह बढाउछ, जसका कारण किड्नीमा स्टोन हुनबाट जोगाउछ । दैनिक एक गिलास कागती पानीले किड्नीलाई स्वस्थ र निरोगी बनाउछ ।

अदुवा

कागतीले जस्तै अदुवाले पनि किड्नी सफा राख्छ । अदुवालाई धुलो, जुस वा खानेकुरामा मिसाएर खान सकिन्छ । किड्नीलाई सम्भावित ड्यामेज हुनबाट जोगाउँछ ।

प्रतिक्रिया दिनुहोस्