नेपालमा थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे



काठमाडौं : नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजापुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष तथा रौतहत इशनाथ नगरपालिका ३ र ५ मा बस्ने २८, ३० र ३३ वर्षका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् ।

Image may contain: text
प्रतिक्रिया दिनुहोस्