पानी छाेएकाे निहुँमा वडाध्यक्षले कुटे एक युवालार्इ



सर्लाही : पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ । 

सर्लाहीको विष्णु गाउँपालिका २  का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले पजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । 

वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलार्य दलित भएर पानी छुने भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए । 

घटनाको भोलिपल्ट युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलगवामा गएर लिखित उजुर गरे । तर घटना भएको एक महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारवाही नगरेपछि सघर्ष समितिले घटनाप्रति चासो देखाएको हो । याे खबर आजको नयाँ पत्रिकाबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्