पानीजहाजको युगमा नेपाल प्रवेश : प्रधानमन्त्री 



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब पानी जहाजको युगमा प्रवेश गरेको बताउँदै नेपालको राष्ट्रिय ध्वजाबाहक पानी जहाज छिट्टै चल्ने बताएका छन् ।

ललितपुरको एकान्तकुनामा बिहीबार नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दै उनले पानी जहाज कार्यालय जागीर खुवाउनका लागि नभइ देशलाई एक कदम अघि बढाउन खुलेको बताए । 

उनले भने, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस् । नेपालमै पानी जहाजको टिकट पाइन्छ ।’गण्डकी नदीमा भारतले डीपीआर बनाइसकेको समेत उनले बताए ।

पानी जहाजको कार्यालय कसैलाई जागिर खुवाउन मात्र नखोलिएको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई जागिर खुवाउन वा २/४ जना इन्जिनियरले काम नपाएर पानी जहाज कार्यालय खोलिएको होइन, मुलुकलाई एक कदम अगाडि बढाउन यो कार्यालय खोलिएको हो ।’

छिमेकी मुलुक भारत भ्रमणका क्रममा रक्सौल–काठमाडौं रेल र पानी जहाजको कुरा आफूले उठाएको स्पष्ट उनले केही दिनभित्र काठमाडौंबाट कोशी नदीसम्म सामान लगेर त्यहाँबाट पानी जहाजमार्फत ओसार्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्