अवैध रुपमा लगाएको अफिम नष्ट



रुकुम (पूर्व) : प्रहरीले पुथाउत्तरगंगा गाउँपालिका-८ अङगाउँमा अवैध रूपमा लगाएको अफिम नष्ट गरेको छ । प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा अन्दाजी ३.५ रोपनी जग्गामा लगाएको अफिम नष्ट गरेको हो ।

यसैगरी पुथाउत्तरगंगा गाउँपालिका-५ मुडारस्थित फलबाङ जंगलमा अन्दाजी ९ रोपनी जग्गामा अबैध रुपमा लगाएको अफिम पनि प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय रन्मामैकोट र प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले उक्त अफिम नष्ट गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्