कोरोनाबाट मृत्यु भएकी सुत्केरी बस्ने गंगबु सिल



काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सुत्केरी बस्ने काठमाडौंको टोखा नगरपालिका–९ गंगबु सिल गरिएको छ।

शुक्रबार धुलीखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया युवती काठमाडौंको टोखा नगरपालिका–९ गंगबुमा बस्दै आएकी थिइन्। मृत्यु भएकी सुत्केरीको सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण गर्न लागिएको हो।

त्यहाँ उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्न लागिएको उपमेयर ज्ञानमाया डंगोल बताइन्। उनका अनुसार स्वास्थ्य मन्त्रालयको टोली आएर पीसीआर विधिबाट परीक्षण गर्न सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्