के कोरोना भाइरस कुकुरले सुँघेर पत्ता लगाउन सक्छ ?



लण्डन : ब्रिटिश सरकारले शनिबार विशेष रुपमा प्रशिक्षित ‘कोभिड कुुकुर’ हरुले मानिसमा भएको कोरोना भाइरसको संक्रमण मानिसमा देखिनुभन्दा पहिले पहिचान गर्न सक्ने वा नसक्नेबारे परीक्षण सुरु गरेको छ ।

यो प्रक्रिया एउटा अनुसन्धानको हिस्सा हो । यो परीक्षणबाट भविष्यमा कुनै पनि उपकरणबिना नै कुकुरले कोरोना भाइरसबारे शुरुवाती चेतावनी दिन सक्ने वा नसक्ने पत्ता लगाइनेछ ।

लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन (एलएसएचटीएम) र दरहम विश्वविद्यालयले एकसाथ मेडिकल डिटेक्शन ड्रग्स परीक्षण गर्ने भएको छ । स्वास्थ्य एवम् सामाजिक सुरक्षा विभागले यो अनुसन्धानको लागि पाँच लाख पाउण्ड रकम दिएको छ । पहिलो चरणको उद्देश्य के शरीरको गन्धबाट कुकुरले मानिसमा कोरोना भाइरस पत्ता लगाउन सक्छ त ? भनेर पत्ता लगाउनु हो ।

यस परीक्षणका लागि दुवै विश्वविद्यालयका मुख्य रोग नियन्त्रण विशेषज्ञहरु मिलेर काम गरिरहेका छन् । यसअघि पनि मेडिकल डिटेक्शन ड्रग्स सुँघेर कुकुरले मानिसमा लागेको थुप्रै रोगहरु पत्ता लगाइसकेको छ जसमा क्यान्सर, मलेरिया र पार्किङसन आदि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्