अमेरिकाको दाबी सही निस्कियो, चीनद्वारा कोरोना भाइरसको पहिलो स्याम्पल नष्ट गरेको स्वीकार



एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार चीनमाथि कोरोना भाइरस फैलाएको आरोप लगाउँदै आएका छन् । ट्रम्पले चीनले कोरोनाबारे सूचना लुकाएको आरोप लगाएका छन् । विस्तारै ट्रम्पको यो आरोप सही साबित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

किनकी चीनले सुरुवातमा कोरोना भाइरसको स्याम्पल नष्ट गरेको स्वीकार गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य कमीशनका निरिक्षक यू डेन्गफेन्गले यस्तो खुलासा गरेका छन् ।

यूले जीनको एउटा जैविक ल्याबमा कोरोना भाइरसको सुरुवातका स्याम्पल नष्ट गरिएको बताए । तर यूले उक्त स्याम्पल किन नष्ट गरियो भनेर स्पष्टिकरण पनि दिएका छन् । उनले साँचो कुरा लुकाउन नभइ जैविक ल्याबमा असुरक्षा बढ्न सक्ने भएकाले र स्याम्पललाई नियन्त्रणमा राख्नको लागि अधिकृत नभएकाले चीनको सार्वजनिक स्वास्थ्य कानुनका अनुसार नष्ट गरिएको यूले बताए ।

अघिल्लो महिना अमेरिकी विदेश सचिव माइक पाम्पियाले पनि चीनलाई स्याम्पल नष्ट गरेको आरोप लगाएका थिए । उनले विश्व स्वास्थ्य संगठनलाई चिनियाँ कम्युनिष्ट पार्टीले समयमा सूचना नदिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्