सुदूरपश्चिममा कहाँ कहाँ बन्दैछ खेलमैदान ?



कैलाली : सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । 

प्रत्येक प्रदेश सभा निर्वाचनमा एक खेलमैदान निर्माण एवम् सुधार कार्यक्रमअन्र्तगत छ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

एक खेलमैदानको लागि २० लाख रुपैयाँको दरले ३२ वटै खेलमैदान निर्माणका लागि बजेट छुट्याएको र चालु आर्थिक बर्षको असार मसान्तसम्म मैदान निर्माण भइसक्ने सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद महाशाखाका उपसचिव किसानराज चितुवालले बताए । प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचित प्रदेश सासंदले सिफारिस गरेको स्थानमा खेलमैदान छनौट गरिएको उनले बताए । 

प्रदेशका ३२ स्थानमध्ये कैलाली जिल्लामा मात्रै १० स्थानमा मैदान निर्माण तथा स्तरोन्नति हुँदैछ । नारायणपुर बेलुवा खेलमैदान टीकापुर, रामनगरशिविर खेलमैदान बञ्जरिया जोशीपुर ३, छपालिपुर लम्किचुहा १, मुढाबजार दक्षिण खेलमैदा नबर्दगोरिया ४, ओमनगर उत्तर भर्री मैदान कैलारी ३, सुन्दरपुर खेलमैदान घोडाघोडी ४, स्याउले बजार पूर्वको खेलमैदान गोदावरी ८, रामपुर खेलमैदान गोदावरी ११, फूलबारी खेलमैदान धनगढी उपमहानगरपालिका १४ एच गाउँ र धनगढी कभर्ड हल खेलमैदान रहेका छन् । 

त्यस्तै कञ्चनपुरमा बल्मी खेलमैदान लालझाडी ३, गोकुलपुर खेलमैदान बेलौरी २, सिंहपुर खेलमैदान शुक्लफाटा ६, रिगौना खेलमैदान भीमदत्त ९ र सुन्दरपुर खेलमैदान महाकाली नगरपालिका ८ नम्बर वडामा गरी जम्मा छवटा खेलमैदान परेका छन् । 

अछाम जिल्लामा चारवटा खेलमैदानमा चौखुट्टे खेलमैदान चोरपाटि गाउँपालिका, मल्लोख खेलमैदान मल्लेख ५, आली खेलमैदान पञ्चदेवल विनायक ५ र ढकारी बुढासैन ढकारी गाउँपालिका निर्माण हुने भएका छन् । अन्य छ जिल्लामा भने दुईदुई खेलमैदान निर्माणमा परेका छन् । 

डडेल्धुरामा माले भावर खेलमैदान आलिताल ५ र गोलाखेति खेलमैदान अमरगढी नगरपालिका ६, त्यस्तै डोटीमा राजपुर खेलमैदान दिपायल र केआईसिंह खेलमैदान केआईसिंह गाउँपालिका ६ मैदान निर्माण हुने भएको छ । 

बैतडीमा सिउडेलेक खेलमैदान सुर्नया ३ र शुल्लेखान खेलमैदान शिवनाथ गाउँपालिका ५, दार्चुलामा सकार, महाकाली नगरपालिका १ र बलाच खेलमैदान शैल्य शिखर नगरपालिका १ मैदान निर्माण हुने भएका छन् ।

त्यस्तै बझाङमा बित्थड खेलमैदान बित्थडचिर गाउँपालिका र भोपुर खेलमैदान जयपृथ्वी नगरपालिका र बाजुरामा देवानिमाण्डौ खेलमैदान बुढीनन्दा नगरपालिका १ र सैनचोर खेलमैदान बुढीगैगा नगरपालिका ६ रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्