अब निजी तथा सामुदायिक अस्पतालले आरडीटी परीक्षण गर्न पाउने



काठमाडौं : अब निजी तथा सामुदायिक अस्पतालहरूले कोरोना भाइरसको आरडीटी परीक्षण गर्न पाउने भएका छन् ।

अनुमति लिएर निजी तथा सामुदायिक अस्पतालहरूले आरडीटी परीक्षण गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

परीक्षण उपत्यकाभित्र रहेका अस्पतालहरूले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरूले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्