उच्चस्तरीय समन्वय समितिद्वारा लकडाउन लम्ब्याउन सिफारिस



काठमाडौं : लकडाउन लम्ब्याउन कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेको छ ।

आइतबार बसेको समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको हो ।

लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकाल्दै समितिले केही समय अझै लकडाउन थप्नुपर्ने बताएको हो ।

सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो ।

यसबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकेले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्