सिडिओ कार्यालयकै अधिकृत घुससहित पक्राउ



काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ गरेको छ । 

जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाईदिने बहानामा एक सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको विशेष टोलीले बिहीबार भक्तपुर दरबार स्क्वायर नजिकको स्वीट होम रेस्टुरेन्ट एन्ड क्याफेबाट पक्राउ गरेको हो । 

घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत श्रेष्ठलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको अख्तियारका सहायक प्रवक्ता तथा उपसचिव मदन कोइरालाले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्