न्युरोडमा आगलागी, पसलका सामान जले



काठमाडौं : काठमाडौंको न्युरोडमा आगलागी हुँदा पसलका सामान जलेका छन् ।

आइतबार दिउँसो न्युरोडको प्युखास्थिति एक पाँच तले घरमा आगलागी भएको हो ।

प्रहरीले भवनबाहिर बिजुलीको तार सर्ट भएर आगालागी भएको जानकारी दिएको छ ।

आगलागीबाट भुँइतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्