कोरोना परीक्षण गरेर मात्र तरकारी र फलफूल आयात गर्न सर्वोच्चको आदेश



काठमाडौं : कोरोना परीक्षण गरेर मात्र तरकारी र फलफूल आयात गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

आइतबार सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न आदेश दिएको हो ।

अदालतका न्यायाधीशद्वय दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोरोना परीक्षण गरेर मात्र आयात गर्नुपर्ने आदेश दिएको छ ।

कोरोना भाइरसको महामारीकैबीच भारत लगायत देशबाट निर्वाध रुपमा तरकारी र फलफूलविना कुनै परीक्षण आयात भएको भन्दै अधिवक्ता मणिराम उपाध्यायसहितले सर्वोच्चमा दिएको रिटमा यस्तो फैसला गरिएको हो ।

सर्वोच्चले आन्त्रिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरण गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्