डिपिएल : वर्षाले खेल प्रभावित



कैलाली : धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेल वर्षाका कारण प्रभावित भएको छ ।

प्रतियोगिताअन्तर्गत धनगढीको फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच खेल चलिरहेका बेला पानी परे पछि खेल प्रभावित भएको हो । वर्षाले मैदान हिलाम्मे भएपछि खेल रोकिएको छ । आजै खेललाई निरन्तरता दिन असम्भवजस्तो देखिएको आयोजकले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्