लकडाउन जेठ २० गतेसम्म लम्बियो



काठमाडौं : सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को लकडाउन जेठ २० सम्म लम्ब्याउने निर्णय गरेको हो ।

एक मन्त्रीले बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको जानकारी दिएका छन् ।

यसअघि सरकारले घोषणा गरेको लकडाउनको अवधि भोलि मध्यरातदेखि सकिँदैछ ।

कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो।

यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो।

गत चैत ११ गतेदेखि आह्वान गरिएको लकडाउन पटक–पटक थपिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्