प्रहरीले निकाल्यो खाल्डोबाट १८ किलो सुन



कैलाली :  प्रहरीले बिहीबार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथ बस्तीबाट १८ किलो सुन बरामद गरेको छ ।

काठमाडौंबाट आएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको संयुक्त टोलीले बिहीबार बिहान खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा यति धेरै परिमाणमा सुन भेटिएको प्रहरीले जानकारी दिएको छ । 

पुनर्बासको वडा नम्बर २ दशरथ बस्तीस्थित शंकर बिकको घरवाट सुनका १०८ वटा सिक्का प्राप्त भएको र त्यसलाई वजन गर्दा १८ किलो तौल भएको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले बताए । 

सुनसँगै दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्