कोरोनाबाट निधन भएका युवकको अन्त्येष्टि


बाँके : बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोना सङ्क्रमणबाट निधन भएका युवकको आज अन्त्येष्टि गरिएको छ ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का २५ वर्षीय युवकको कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार शव परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्परानुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको हो ।

भारत, महाराष्ट्र मुम्बईबाट गत वैशाख ३० गते बाँके आएलगत्तै नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टिनमा बस्दैआएका ती युवकको आज बिहान ४ बजेतिर दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको थियो ।

शनिवार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आज अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । पिसिआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारिन्टनमै राखिएको थियो ।

कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि आजै बसेको जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थान क्वारेन्टिनदेखि करीब ३ किमीको दूरीमा रहेको शव दहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय भएअनुसार दाह संस्कार गरिएको हो ।

सङ्क्रमित ब्यक्तिको सम्पर्कमा रहेको आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । सङ्कलित स्वाबको पिसिआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएपछि प्राथमिकताका साथ आज उनको स्वाब परीक्षणको गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा

काठमाडौं : लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना सार्वजनिक गरेको छ। आयोगको

काठमाडौं : आज थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही

काठमाडौं : नेपालका ८२ जनामा डेंगुको संक्रमण भएको छ। पुस महीनायता ८२ जनामा डेंगु संक्रमण

जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ८२ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको

काठमाडौं– कोरोना भाइरसको महामारीका कारण विश्वयति बेला त्रसित छ । सन् २०१९ को डिसेम्बरको अन्तिमबाट

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८५ हजार ६ सय ६० जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा अहिलेसम्म २ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

वीरगन्ज– भारतले आफनै देशको नागरिकलाई प्रवेशमा कडाई गरेपछि वीरगन्जको अलौंस्थित एकिकृत चेकजाँच चौकी (आईसीपि) मा

जनकपुरधाम– जनकपुरबाट हातहतियार सहित एक युवक पक्राउ परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ स्थित रामलोचन

जनकपुरधामः समग्र विश्व अहिले कोरोना भाईरस महामारीको चपेटामा परेको छ । समाचार तयार पार्दासम्म विश्वका

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि सामग्रीको ढुवानी र बिक्रीवितरण नरोक्न आग्रह गरेको