
स्तानबुल : टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आइएस) लडाकु समूहसँग आबद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरेको टर्कीकाे प्रहरीले जनाएकाे छ । बुर्सा सहरका पाँच इलाकामा आतङ्कवादविरुद्ध जारी सुरक्षा कारबाहीमा उनीहरु पक्राउ परेकाे प्रहरीले बिहीबार जनाएकाे हाे ।
कारबाहीको क्रममा प्रहरीले संगठनात्मक कागजपत्र र डिजिटल सरसमान पनि कब्जामा लिएकाे बताइएको छ । टर्कीका आइएस लडाकु समूहले केही वर्षयता जारी राखेको द्वन्द्वका क्रममा ३ सयभन्दा नागरिककाे मृत्यु भइसकेको छ ।