राती सुत्दा अ‍ैठन भएर हैरान हुनुहुन्छ ? छुटकारा पाउन यसो गर्नुहोस



काठमाडाैं : के तपाईलाई राती सुत्दा नराम्रो सपना अथवा अ‍ैठन हुने गर्छ ? कसैलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ। यस्तो समस्याबाट छुटकारा पाउनको लागि शास्त्र अनुसार यसो गर्नुहोस्।

१. सुकमेल :- यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५ वटा जति सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नु पर्छ।

२. पानीले भरेको तामाको भाडा :- निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस्। बिहान उक्त पानीलाई बिरुवामा हालिदिनुहोस्।

३. चक्कु :-  वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस्।

४. काट्ने हतियार :- यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर, कैची जस्ता बस्तु सिरानी मुनि राख्दा पनि नराम्रो सपना देख्दैन।

५. पहेलो चामल :- पहेलो चामलको मद्दतबाट पनि डर र नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ। पहेलो चामललाई कुनै कागज वा कपडा बेरेर सिरानीमुनि राखिदिनुहोस्।

६. ओछ्यान सफा गर्नुहोस :- सुत्नु अघि ओछ्यान राम्ररी सफा गर्ने गर्नुहोस। फोहोर ओछ्यानमा सुत्दा पनि नराम्रो सपनाले सताउने गर्दछ।

७. कपाल बाँधेर सुत्नुहोस :- सुत्ने समयमा कपाल खुल्ला छोडेर सुत्ने बानीले पनि डराउने सपना आउने गर्दछ। त्यसैले कपाल सधै बाँधेर सुत्ने गर्नुहोस।

८. जुत्ता–चप्पल :- सुत्ने कोठा वा ओछ्यानको वरिपरि र खाटमुनि जुत्ता चप्पल राख्दा पनि राती नराम्रो सपना आउने गर्छ।

९. ओढ्ने :- ओढ्ने कहिले पनि यस्तो प्रयोग गर्नुहुदैन। जसको रङ गाढा, धेरै प्रिन्ट, हिंसक जनावरको तस्बिर भएको हुनुहुदैन।

प्रतिक्रिया दिनुहोस्