विवाहेतर सम्बन्धले चर्चा पाएका बलिउड सेलिब्रेटी



बलिउडमा विवाहेतर सम्बन्धका कारण कलाकारहरु पटकपटक चर्चामा आइरहन्छन् । बलिउडमा यस्ता धेरै विवाहित स्टार छन्, जसका नाम अविवाहित स्टारसँग जोडिएको थियो । यस्ता कलाकारमा करिना कपुर र ऋतिक रोशन, गोविन्दा र रानी मुखर्जी, अमिताभ बच्चन र रेखा, शाहरुख खान र प्रियंका चोपडा, प्रीति जिन्टा र शेखर कपुर, मिथुन चक्रवर्ती र श्रीदेवी, अजय देवगण र कंगना रनावतलगायत छन् ।

नायक ऋतिक र नायिका करिनाबीचको अफेयरले एकपटक बलिउड तताएको थियो ।  जुनबेला करिनाको जीवनमा न त साहिद कपुर थिए न सेफ अली खान नै । त्यो बेला ऋतिक रोशनको चाहिँ विवाह भइसकेको थियो । ऋतिक विवा पछि पनि करिनासँग एक्स्ट्रा म्यारिटल अफेयरमा थिए ।

नायक गोविन्दाले आफ्नो विवाहपछि पनि नायिका रानी मुखर्जीका साथ सम्बन्ध राखेका थिए । त्यति बेला उनीहरूको जोडीलाई दर्शकले खुबै मन पराएका थिए । उनीहरूका धेरै फिल्म सुपरहिट पनि भएका थिए । उनीहरू सँगै काम गर्दागर्दै नजिक भएका थिए । कतिपल्ट गोविन्दालाई रानीको फ्ल्याटमा नाइट ड्रेसमा पनि देखिएको थियो । तर रानीका बाबुआमालाई यो सम्बन्ध मन परेको थिएन । सायद यही कारण उनीहरूको सम्बन्ध लामो समय चल्न सकेन ।

बलिउडका सबैभन्दा सफल अभिनेता अमिताभ पनि यस विषयमा चोखो छैनन् । उनको पनि विवाहपछि नायिका रेखासँग सम्बन्ध थियो । उनीहरूबीचको सम्बन्धका कारण अमिताभ पत्नी जयालाई ठूलो समस्या परेको थियो । यसले गर्दा उनलाई घर सम्हाल्न पनि मुस्किल भएको थियो । पछि जयाले सम्बन्धविच्छेद गर्ने निर्णयसमेत गरिसकेकी थिइन् । तर जहानसँग छुट्टिेने डरले अमिताभ रेखाबाट टाढा भए । जसका कारण उनीहरूको घर जोगियो । 

नायक शाहरुख पनि यो लिस्टबाट टाढा छैनन् । उनले गौरीसँग विवाह गर्न निकै दुःख गरेका थिए । तर उनीहरूको बीचमा पनि एकपटक मनमुटाव भएको थियो । शाहरुख र प्रियंका ‘डन’ नामक सिनेमाका बेला एकअर्कासँग नजिकिए । उनीहरूले विवाह गरिसकेको हल्ला पनि चलेको थियो । जब गौरी खानले यो कुरा थाहा पाइन्, उनले शाहरुखलाई सम्बन्ध विच्छेदको दिने धम्की दिन थालिन् । अनि शाहरुखले प्रियंकासँग दूरी बढाए । शाहरुख हाल आफ्नी श्रीमती र बच्चाका साथ सुखी जिन्दगी बिताइरहेका छन् ।

प्रीति जिन्टासँगको प्रेमसम्बन्धका कारण फिल्म डाइरेक्टर शेखर कपुरको विवाह टुटेको थियो । यो कुराको खुलासा शेखरकी पत्नी सुचित्रा कृष्णमूर्तिले गरेकी थिइन् । तर प्रीतिले भने सुचित्राको भनाइलाई पागलपनको संज्ञा दिएकी थिइन् ।

विवाहपछि पनि मिथुन श्रीदेवीको मायामा पागल भएका थिए । जसकारण उनले घरबार छाडेर श्रीदेवीसँग विवाह गरेका थिए । तर उनकी पत्नी योगिताले आत्महत्याको कोसिस गरेपछि मिथुनले श्रीदेवीलाई छाडेर घर फर्केका थिए । पछि श्रीदेवीले बोनी कपुरसँग विवाह गरिन् ।

अजय देवगण र कंगनाको जोडी एकपटक चर्चामा आयो । अजय र कंगना एकै फिल्ममा काम गर्न लागेको कुरा भइरहेका बेला उनीहरूको प्रेमसम्बन्ध बाहिरिएको थियो । यो कुरा थाहा पाएपछि अजयपत्नी काजोलले उनलाई कंगनासँग काम गर्न दिइनन् । त्यसपछि उनीहरूले कहिल्यै सँगै काम गरेनन् । (एजेन्सीकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस्