आइजीपी खनालको ‘यो मन उड्यो चरा बनी आकाशमा’



काठमाडौं :  प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो एल्बम सार्वजनिक  भएको छ ।  

गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् ।

आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउने अन्तिम तयारीमा रहेको ‘शरद २’ एल्बममा यो गीत सहित  सात वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिए ।  डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद (शैलेन्द्र खनाल) हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्