‘भियाग्रा’सहित हटौंडाबाट भारतीय नागरिक पक्राउ



काठमाडाैं : प्रहरीले भियाग्रासहित एक जनालाई पक्राउ गरेको छ। शनिबार प्रहरीले हटौंडा उपमहानगर १५ पीपल चौताराबाट लागूऔषध १५ थान नाईट्रभेट, २४ थान स्पाईकल, ५ बोतल कोरेक्स र १ थान भियाग्रासहित  भारत सितामडीका ३९ वर्षीय अनबर अंसारीलाई पक्राउ गरेको हो।

 

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट कुकुरसहित खटिएको प्रहरी टोलीले बा८२प ९८५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अंसारीको साथमा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारेको हो।

 

पक्राउ परेका अन्सारीलाई हिरासतमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्