नेपालको ३० जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति ?



काठमाडौं– नेपालमा कोरोना भाइरसको परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो विवरण अनुसार नेपालमा संक्रमित हुनेको संख्या ३ सय ४ छ ।

अहिलेसम्म २८ हजार १ सय ७२ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ६७ हजार ७ सय ६९ को आरडिी विधिबाट परीक्षण गरिएको छ ।

त्यस्तै १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा छन् भने ३ सय ४६ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । त्यस्तै मन्त्रालयका अनुसार ३६ जना निको भइसकेका छन् भने कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्य भएको छ । सन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको कोरोनाका कारण ज्यान गएको हो।

नेपालमा हालसम्म ३० जिल्लाका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ। यसमध्ये सबैभन्दा बढी पर्सा जिल्लाका संक्रमित छन्। पर्सामा ९१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। कपिलवस्तु ४२ जना कोरोना संक्रमित भेटिएका छन्।

नेपालमा सबैभन्दा पहिले जनवरी २३ मा कोरोना संक्रमित भेटिएका थिए। सबैभन्दा बढी उमेरकी ८१ वर्षीया कोरोना संक्रमित वृद्धा निको भएर घर फर्किएकी छन् भने सबैभन्दा कम उमेरका २ महिने संक्रमित शिशुको वीरगञ्जमा उपचार भइरहेको छ।

हेर्नुहोस् कुन जिल्लामा कति ?

प्रतिक्रिया दिनुहोस्