पेट्रोल पम्पमा ठगीको काइदा : डिजेलमा पानी मिसाएर बिक्री



वीरगन्ज : पेट्रोलियम पदार्थमा पानी मिसाएर बिक्री गरेको आरोपमा वीरगन्ज १४ बाइपास प्रिपामा रहेको बोलबम पेट्रोल पम्पमा स्थानीय प्रशासनले शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले पेट्रोल पम्पमा शिलबन्दी गरेका हुन ।

पेट्रोल पम्पबाट बुधबार दुई जना सवारीधनीले खरिद गरेको डिजेलले गाडीको इन्जिन नै सिज भएपछि पीडित पक्षले दिएको उजुरीको आधारमा पम्पमा स्थानीय प्रशासनले शिलबन्दी गरेको हो । डिजेल हालको केही समयमै गाडी एक्कासि बन्द भएपछि डिजेलमा मिसावट भएको पत्ता लागेको थियो । 

टोलीले पम्पबाट नमुनाको लागि सङ्कलन गरेको डिजेल ल्याब टेस्टका लागि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्