जाजरकोटमा बस दुर्घटना, तीन जनाको मृत्यु



सुर्खेत : नेपालगञ्जबाट रुकुमपश्चिमको आठबिसकोट नगरपालिकातर्फ जाँदै गरेको बस जाजरकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भे १ ख १३२९ नम्बरको बस बिहीबार साँझ जाजरकोटको खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँनजिकैबाट भेरीमा खसेको बताइएको छ।

दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको रुकुम पश्चिमका प्रहरी नायव निरीक्षक सुमित खड्काले जानकारी दिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्