जाजरकोट बस दुर्घटना : चार जनाको मृत्यु, १० घाइते



सुर्खेत : नेपालगञ्जबाट रुकुमपश्चिमको आठबिसकोट नगरपालिकातर्फ जाँदै गरेको बस जाजरकोटमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

भे १ ख १३२९ नम्बरको बस बिहीबार साँझ सात बजे जाजरकोटको खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँनजिकैबाट भेरीमा खसेको छ ।

दुर्घटनामा चार जनाको शव भेटिएको रुकुम पश्चिमका प्रहरी नायव निरीक्षक सुमित खड्काले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि नेपालगंज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्