गाउँलेले बालिका बलात्कृत हुनबाट जोगाए, बलात्कार प्रयास गर्ने पक्राउ



विराटनगर : मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीमा ११ वर्षीया बालिकालाई गाउँलेले बलात्कार हुनबाट जोगाएका छन् । नजिकैको उखु बारीमा लगेर सिटी सफारी चालकले बलात्कारको प्रयास गर्दै गर्दा गाउँलेले थाहा पाएर बालिकाको उद्धार गरेका हुन् । 

बालिकाको उद्धार गर्दै स्थानीय बासिन्दाले प्रहरीलाई घटनाका बारेमा जानकारी दिएका थिए । बालिकालाई बलात्कार गर्न खोज्ने सफारी चालक सुनसरीको दुहवी–१ का २२ वर्षीय सलमोदिन मियाँलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । 

आफूमाथि बलात्कारको प्रयास भएपछि बालिका चिच्याएकाले घटनाबारे थाहा पाएर स्थानीयले उद्धार गरेको जनाएको छ । 

तत्काल घटनास्थल पुगेको प्रहरीले मियाँलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्