गुल्मीका संक्रमितले उपचार गराएको अस्पताल



बुटवलः आज पुष्टि भएका गुल्मीका कोरोना संक्रमितले उपचार गराउन गएको रुपन्देहीको बुटवलस्थित अस्पताल सिल गरिएको छ ।

बुटवलको क्रिमसन अस्पतालको आइसियूमा ती संक्रमित उपचाररत रहेको खुलेको छ । उपचारको क्रममा गुल्मीको मदाने गाउँपालिका ६ का ४१ वर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको थियो ।

शिक्षण पेसामा आबद्ध उनमा सुरुदेखि नै जण्डिस तथा निमोनिया रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्