बलात्कारपछि हत्या गर्ने अभियुक्त सार्वजनिक



जनकपुरधाम : बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दुर्इ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले अाइतबार सार्वजनिक गरेको छ । घटना घटेको २४ घण्टा नबित्दै प्रहरीले उनीहरुलार्इ पक्राउ गर्न सफल भएको हो ।

 

धनुषाको औरही गाउँपालिका परवाह-२ का राम अशिष यादवकी ८ वर्षिया छाेरी मनिका कुमारी यादवलाई बलात्कारपछि हत्या गरेको अभियोगमा औरही – ५ मुखिया टोलका रामदीप मुखियाका छोरा विनोद मुखिया र औरहि-३ का त्रिपुरा पण्डितका ३० वर्षिय छोरा नथुनी पण्डितलार्इ जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले पत्रकार सम्मेलनमा पक्राउ परेका दुवैले अपराध स्विकार गरिसकेकाे बताए ।

 

एसपी थपलियाले पत्रकारसँग भने, 'असोज २६  गते साँझ ७ बजे घट्याे र अाफूहले पाउनासाथ हामीले तत्काल नै खोजी सुरु गरिएकाे थियाे ।   २७ गते साँझ हामीले अपराधीलाई जनलपुरधामबाट पक्राउ गर्न सफल भयाैं ।'

 

एसपी थपलियाका अनुसार २६ गते नै अपराधीले रक्सी सेवन गरी बलात्कारकाे याेजना बनाएका थिए । १० रुपैयाँ दिन्छु भनेर बालिकालाई फकाएर एक किलोमिटर पर धान खेतमा लगेर मुख थिचेर बलात्कार गरेर हत्या गरेको अपराधीले स्विकार गरेका छन् । 

 

बलात्कारपछि हत्या गरेका अपराधी नथुनी पण्डितलाई औरहीस्थित उनकै घरबाट पक्राउ गरिएकाे प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएकाे छ । त्यस्तै अर्का अपराधी विनोद मुखिया जनकपुर भागेर आएको सूचनाको आधारमा प्रहरीले २७ गते जनकपुरको भ्रमरपूरा चाेकबाट घेराबन्दी गरेर पक्राउ गरिएकाे थियाे ।

 

अपराधीले अपराध स्वीकार गरिसकेकाले अनुसन्धान र प्राप्त प्रमाणको आधारमा जबरजस्ती करणी तथा कर्तव्य ज्यानको मुद्दा नै चलाइने एसपी थपलियाले जानकारी गराए ।

 

असोज २६ गते घर नजिकै दूर्गापूजाको मेला हेर्न गएकी मनिताका कुमारी यादव शुक्रबार साँझ हराएकी थिइन् । भोली पल्ट आमाबुबाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही-२ का रामआशिष साहको धानखेतबाट शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्