वीरगन्जको चित्रलेखा स्टुडियोमा यौन धन्दा, सञ्चालक प्रजापतीसहित पाँच पक्राउ



वीरगन्ज– लकडाउनको मौका छोपेर वीरगन्जको आदर्शनगरमा रहेको एक फोटो स्टुडियो यौनधन्दा चलाएको आरोपमा दुई युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज–१० आदर्शनगर स्थित कैलाश चोक नजिक रहेको चित्रलेखा स्टुडियोमा प्रहरेले छापामारी गरेर पाचै जनालाई पक्राउ गरेको हो ।

स्थानियको सुचनाको आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको नेतृत्वमा खटेका प्रहरी टोलिले स्टुडियोका सञ्चालक बैजु प्रजापती र दुई जना युवतीसहित अन्य दुई जना युवकलाई पक्राउ हो ।

पक्राउ गरेका पाचै जनालाइ आवश्यक अनुसन्धान र कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।

प्रहरी स्टुडियोमा छापामारी गर्न प्रवेश गरे पछि युवतीहरुलाइ स्टुडियोको पर्खाल माथी बनाइएको गोप्य रुममा लुकाईएको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।

कैलाश चौकमै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बिट रहेको छ । प्रहरी बिटमा २४ घण्टा प्रहरी तैनाथ गरिएको छ । प्रहरी बिटसँगै रहेको भवनमा टासिएर स्टुडियो लकडाउनमा पनि गोप्य रुपमा सञ्चालन भइरहँदा प्रहरीको ध्यान नपुग्नु प्रहरी प्रशासनमाथि नै प्रश्न खडा भएको छ ।

लकडाउन तथा निषेधाज्ञाको धज्जी उठाउँदै स्टुडियोका सचालक प्रजापतीले स्टुडियोमा यौनधन्दा चलाउँदै आएको स्थानियले आरोप लगाएका छन् ।

यता प्रहरीले घटना बारे अनुसन्धान भइ रहेकोले अहिले केही भन्न नमिल्ने बताए । स्थानियले दिएको सुचनाको आधारमा दुई युवती सहित पाचै जनालाई स्टुडियो बाट पक्राउ गरेका हौ थप अनुसन्धान भइ रहेको पर्सा प्रहरीले जनाएको छ ।

‘स्थानियले दिएको सुचनाको आधारमा दुई युवतीसहित पाचै जनालाई स्टुडियो बाट पक्राउ गरेका हौँ । थप अनुसन्धान भइ रहेको छ’- पर्सा प्रहरी नायब उपरीक्षक बिरेन्द्र बहादुर शाहीले भने ।

प्रतिक्रिया दिनुहोस्