खाद्य संस्थानले दुर्गमका जनतालाई बर्सेनि यसरी ठग्छ बोरामा डेढ करोड



काठमाडौं: खाद्य संस्थानले मुलुकका कर्णाली र दुर्गम क्षेत्रमा चामल बिक्री गर्दा बोराको समेत शुल्क असुल्ने गरेको पाइएको छ। जिल्लाबाट धान खरिद गर्दा, मिलबाट कुटानी गरेर चामल लिँदा र जापानी अनुदानका चामलमा आउने बोरा संस्थानले सित्तैमा प्राप्त गर्छ तर त्यही बोरा बेचेर संस्थानले कर्णाली र दुर्गमका जनताबाट बर्सेनि डेढ करोड रुपैयाँभन्दा बढी असुल्दै आएको हो।

संस्थानले काठमाडौं उपत्यकामा चामल बिक्री गर्दा बोराको शुल्क लिँदैन। दुर्गमका जनताबाट भने प्रतिबोरा थप २० रुपैयाँ असुल्दै आएको खवर कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्