नवजात शिशुको शव फेला



जनकपुरधामः जनकपुरको बिच बाटोमै प्लाष्टिकको झोलामा बेरेर फालेको अबस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।

मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं.६ र १० को बिचमा अवस्थित हस्पिटल रोड जाने बिच बाटोमै प्लाष्टिकको झोलामा पोको पारेर काठको डब्बामा राखि फालिएको अवस्थामा शिशुको शव बरामद भएको जानकी प्रहरी चौकीले जनाएको छ ।

स्थानीयले अवैध सम्बन्धका कारण जन्मिएकोले बच्चालाई कसैले फालेको हुन सक्ने अनुमान गरेका छन् ।

ता सो नवजात शिशुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ भने शव फ्याक्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्