राजमार्ग सफा राख्न कानुन ल्याउने तयारी



कपिलवस्तु :  पूर्वपश्चिम मुख्य राजमार्ग क्षेत्रमा सवारी साधनबाट बढी फोहोर हुने गरेकाले प्रदेश ५ सरकारले नयाँ कानुन ल्याउने तयारी गरेको छ ।

प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रवक्ता बैजनाथ चौधरीका अनुसार सवारी साधन सडकमै रोकेर राजमार्गमा फोहोर फाल्ने तथा दिसापिसाब गर्ने गरिएकाले अब त्यसलाई कडाइ गर्न कानुन ल्याउने तयारी गरिएको हो ।

 सडकमा रहने हरेक पेट्रोलपम्पमा सफा सार्वजनिक शौचालय हुनुपर्ने नियममा समेत कडाइ गर्ने र नभएमा दर्ता नगरिने मन्त्री चौधरीले बताए । प्रदेश स्थापना दिवसको अवसरमा बिहीबार बर्दियादेखि नवलपरासीसम्म सडक क्षेत्रका बजारमा विभिन्न प्रदेश मन्त्रीको उपस्थितिमा सरसफाइ गरिएको चौधरीले जानकारी दिए । 

प्रदेश सरकारले सरकार गठनको एक वर्षमा सोचेजति काम गर्न नसकेको स्वीकार्दै कानुन बनाउनुपर्ने बाध्यताले पनि केही कमी भएको र अन्य प्रदेशको तुलनामा काम भएको उनले दावी गरे । 

प्रतिक्रिया दिनुहोस्