देशभरका विद्यालयबाट हटाइँदै स्रोतव्यक्ति



काठमाडौं: सरकारले मुलुकभरका सामुदायिक विद्यालयमा रहेका स्रोतव्यक्तिलाई हटाउने भएको छ। एक हजार ५३ वटा स्रोत केन्द्रका स्रोतव्यक्ति हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको जानकारी शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दिए।

मन्त्रिपरिषद्ले उक्त प्रस्ताव पास गरे स्रोतव्यक्ति स्वतः हट्नेछन्। मुलुकभरका सामुदायिक विद्यालयको रेखदेख र अनुगमन गर्न शिक्षाका परियोजनाअन्तर्गत सरकारले स्रोतव्यक्तिको अवधारणा ल्याएको थियो जसमा ७५ जना करारामा नियुक्त छन् भने बाँकी माध्यमिक तहका स्थायी शिक्षकमध्येबाट नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्