नरैनापुरका कोरोना संक्रमितलाई छुट्टाछुट्टै दुई स्थानमा राख्ने



नेपालगन्जः बाँकेको नरैनापुरमा सोमबार थप भएका ५९ जना कोरोना संक्रमितमध्ये ३६ जनालाई कोहलपुरस्थित कृषि तालिम केन्द्रमा राख्ने निर्णय भएकोेछ ।

दुई दिनको छलफलपछि ५९ जनालाई २ छुट्टाछुट्टै स्थानमा राख्ने निर्णय भएको हो । उनीहरुलाई नेपालगञ्जस्थित लायन्स डेन्टल हस्पिटल र कोहलपुरको कृषि तालिम केन्द्रमा राख्ने टुंगो लागेको हो ।

लायन्स डेन्टल अस्पताल खजुरारोडको आइसोलेसनमा २३ जना संक्रमित राख्ने विषयमा बिहान नै निर्णय भएको थियो । बाँकि संक्रमितलाई कोहलपुर लैजाने निर्णय भने दिउँसो मात्र भएको हो ।

सोमबार संक्रमित पुष्टि भएका उनीहरुलाई नरैनापुर गाउँपालिकाको अडानमा नेपालगञ्ज र कोहलपुरको आइसोलनमा राख्ने निर्णय भएको हो । सोमबार दिउँसो र साँझ गरी ५९ थपिएका संक्रमितहरु रातभर अन्य क्वारेन्टाइनमा रहेका व्यक्तिहरुसँगै बसेका थिए ।

मंगलबार बिहान नेपालगञ्जबाट गएको स्वास्थ्य टोलीले क्वारेन्टाइनबाट संक्रमितलाई छुट्याएर अलग्गै राखेको बताइएको छ । बाँकेमा वैशाखमै नेपालगञ्जको वडा नं.८ मा संक्रमण धेरैलाई देखिएपछि संत्रमित बढ्ने अनुमान गरि सकिएको थियो ।

भारतबाट मानिसहरु आउने क्रम जारी गरहेको तर, न्यूनतम मापदण्डसमेत नपुगेको क्वारेन्टाइनमा मानिसहरुलाई राख्दा संक्रमण फैलिएको अनुमान गरिएको छ । संक्रमित पत्ता लागेको दुई दिनसम्म पनि आइसोलेसनको ट्ंगो लगाउन नसकको भन्दै यति बेला बाँके प्रशासनको आलोचना भएको छ ।

नरैनापुरमा सोमबार मात्र दिउँसो ४७ र बेलुका १२ जना कोरोना संक्रमित थपिएका थिए । यसअघि जेठ १ गते भेटिएका ८ संक्रमितलाई दाङमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्