अर्घाखाँचीमा लकडाउन थप कडा, सीमा नाका सिल



अर्घाखाँची : जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाका सीमा नाका सिल गरेको छ। छिमेकी जिल्लाहरुमा कोरोना भाइरसका बिरामीहरु बढ्दै गएपछि अर्घाखाँचीमा उच्च सर्तकता अपनाउँदै जिल्लाका सीमा नाका सिल गरिएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाकाहरु अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको जनाइएको छ।

बैठकले तरकारी, दूध, किराना, मासु पसललगायत बिहान ७ देखि १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ । साथै लकडाउनलाई थप कडाइ गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्